
काठमाडौं : संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका विद्यार्थी नेता, कार्यकर्ताहरुले काठमाडौंमा निकालेको राँके जुलुसमा निकालेका छन् । बिहीबार साँझे बानेश्वरबाट विजुली बजार हुँदै माइतीघरसम्म निकालिएको जुलुसलाई प्रहरीले तितरवितर पार्न खोजेपछि ढुंगा हानाहानसमेत भएको थियो ।
प्रहरीले जुलुसलाई तितरवितर पार्न खोजेपछि प्रदर्शनकारीले ढुंगा हानेका थिए । झडपको सुरुवात भने प्रहरीले राँको खोस्न थालेपछि भएको जुलुसमा सहभागी एक नेताले बताए ।
त्यसक्रममा प्रहरीले लाठीचार्जसमेत गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले रातको समस्या राँके जुलुस निकाल्दा अन्यत्र सल्किएर आगलागी हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको बताए ।








