गृहपृष्ठ खबर राप्रपा कपिलवस्तुले बुझायो सिडियोमार्फत प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र

राप्रपा कपिलवस्तुले बुझायो सिडियोमार्फत प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र

प्रकाशित मिति:

चार नम्बर जीतपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले विभिन्न माग राख्दै आइतबार आज प्रधानमन्त्रीकेपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपा कपिलवस्तुका जिल्ला सभापति नारायण बहादुर सिंहले प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनु भएको हो । ज्ञापन पत्र बुझाए लगत्तै जिल्ला प्रशासन कार्यलय अगाडि कोणसभागरिएको राप्रपा कपिलवस्तुले जनाएको छ ।

कोणसभालाई सम्बोधन गर्दै सभापति सिंहलेहिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा सडकमा देखिएको माहोललाई राप्रपाको समर्थन रहेकोर यसलाई जनताका सामु लानु पर्नेमा जोड दिनुभएको थियो । त्यस्तै राप्रपाका केन्द्रियसदस्य ध्रुब रायमाझीले राष्ट्रपतिको पछिल्लो कदमले राजसंस्थाको औचित्य प्रष्टदेखिएको बताउनु भएको थियो ।

अन्य पार्टीका केन्द्रीय सदस्यहरुले वर्तमान केपी शर्माओली नेतृत्वको सरकारले संविधानको उपेक्षा गर्दै प्रतिनिधिसभा विघटन गर्नुजनतामाथिको विश्वासघात भएको बताए । राप्रपाले ७७ जिल्ला प्रशासनकार्यालयमार्फत हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना लगायत राष्ट्रियता, संघीयताखारेजी, भ्रष्टाचारको विरोध, सुशासन र जनजीविकासँग जोडिएका विभिन्न २२ बुँदे मागपत्रप्रधानमन्त्री ओलीलाई बुझाएको राप्रपाका केन्द्रिय सदस्य धुब्र रायमाझीले जानकारी दिए।

कोणसभामा पार्टीका जिल्ला सभापति नारायण बहादुर सिंहको सभापतित्व थियो भनेपार्टीका केन्द्रिय सदस्यहरु इद्रिस मुस्लमान, दिनेश गुप्ता, ध्रुब रायमाझी लगायतलेसम्बोधन गर्नुभएको थियो । राप्रपाले पहिलो चरणको संघर्षका कार्यक्रम अन्तर्गतप्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

सम्बन्धित् समाचार