
कपिलवस्तु : कपिलवस्तुको मायादेवी गाउँपालिकाको न्यायिक समिति र प्रहरी चौकी गुलरी बिजुवालाई सनशाईन सामाजिक विकास संस्थाले फर्निचर उपलब्ध गराएको छ । सनशाईन सामाजिक विकास संस्था र यूनाइटेड मिसन टू नेपाल को साझेदारीमा सञ्चालित कोभिड -१९ अन्तर्गत LCP कार्यक्रमबाट मायादेवी गाउपालिका को न्यायिक समिति र वडा नं. ८ मा रहेको प्रहरी चौकी गुलरी बिजुवालाई फर्निचर उपलब्ध गराइएको सनशाईन सामाजिक विकास संस्था का कार्यकारी निर्देशक कृष्ण कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
समाग्री बुझ्दै न्यायिक समिति संयोजक गिता तिवारीले अहिले सम्मा व्यवस्थापनको कमजोरीले आफ्नै कार्यकक्षमा न्यायिक काम गर्दै आए पनि अब न्यायिक समितिलाई चहिने व्यवस्थापन समाग्री प्राप्त भए पछि सेवाग्राहीलाई सहज र विवाद समाधान गर्न सजिलो हुने जानकारी गराउनु भएको छ । त्यस्तै प्रहरी चौकी बिजुवा गुलरीलाई टेबुल २ थान, दराज २ थान, अफिसियल कुर्सी ३ थान, बेन्च, टिटेबल २ थान, र्याक, स्टैन्ड पंखा, कार्पेट लगायतको १ लाख ७ हजार बराबरको सहयोग गरिएको संस्थाका निर्देशक श्रोष्ठले बताउनु भएको छ ।
समाग्री बुझ्दै न्यायिक समिति संयोजक गिता तिवारीले अहिले सम्मा व्यावस्थापनको कमजोरीले आफ्नै कार्यकक्षमा न्यायिक काम गर्दै आए पनि अब न्यायिक समितिलाई चहिने व्यवस्थापन समाग्री प्राप्त भए पछि सेवाग्राहीलाई सहज र विवाद समाधान गर्न सजिलो हुने जानकारी गराउनु भएको छ । त्यस्तै प्रहरी चौकी बिजुवा गुलरीलाई टेबुल २ थान, दराज २ थान, अफिसियल कुर्सी ३ थान, बेन्च, टिटेबल २ थान, र्याक, स्टैन्ड पंखा, कार्पेट लगायतको १ लाख ७ हजार बराबरको सहयोग गरिएको संस्थाका निर्देशक श्रोष्ठले बताउनु भएको छ ।








