
चार नम्बर जीतपुर : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रसले देशभर विरोध प्रदर्शन गरेको छ। देशभरका निर्वाचन क्षेत्रमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो।

कांग्रेस शीर्ष नेताहरुले विभिन्न स्थानमा सम्बोधन गरिरहेका छन्। यसबीच कांग्रेस कार्यकर्ताहरुले राजधानीमा विरोध र्याली निकालेका छन्।

बुद्ध रंगशालाबाट सुरु भएको र्याली चार नम्बर जीतपुर क्षेत्र परिक्रमा गरेर कोणसभामा परिणत भएको थियो।















