गृहपृष्ठ खबर चुनावको तयारीमा लाग्न वीरगन्जमा ओली समूहको निर्देशन

चुनावको तयारीमा लाग्न वीरगन्जमा ओली समूहको निर्देशन

वीरगन्ज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली समूहले वीरगन्जमा बुधबार पहिलो प्रदेश भेला गरेर शक्ति प्रदर्शन गरेको छ। नेकपा पार्टी विभाजनको सन्देश र कार्यकर्तालाई निर्वाचनको तयारी जुटन निर्देशन दिन ओली समूहले बुधबार वीरगन्जमा प्रदेश भेला गरेको हो।

नेकपाको प्रदेश २ का इन्चार्ज एंव स्थायी समिती सदस्य सत्यनारायण मण्डलको अध्यक्षतामा आयोजित प्रदेश भेलामा प्रदेश २ का पर्सादेखि सप्तरीसम्मका आठ जिल्लाका नेकपाका अगुवा नेता कार्यकर्ता सहभागी भए।

भेलालाई पार्टीका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल, स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री रघुवीर महासेठ, शहरी विकासमन्त्री प्रभु साह , कानुनमन्त्री लीलानाथ श्रेष्ठ , महिला बालबालीका तथा समाज कल्याणमन्त्री जुली कुमारी महत्तोले सम्बोधन गरे।

प्रदेश भेलालाई सम्बोधन गर्दै नेकपाका महासचिव पौडेलले ताजा जनादेशका लागि मुलुक चुनावमा गइरहेकाले चुनावको तयारीमा जुट्न अगुवा नेता कार्यकर्तालाइ निर्देशन दिए।

वैशाख १७ र २७ मा संसदको निर्वाचन हुने निश्चित भएकाले यसमा शंका उपशंका नगरी निर्वाचननको तयारीमा अहिलेदेखि नै लागि हाल्न कार्यकर्तालाइ महासचिव पौडेलले निर्देशन दिए।

‘सरकारले तोकेकै मितिमा निर्वाचन हुन्छ’, पौडेलले भने, ‘किनकी संसद विघटन र चुनावको मिति घोषणा गर्ने सरकारको निर्णय संविधानसंवत र लोकतान्त्रिक छ।’

संसदका बहुमत सदस्यको साथ लिएर प्रधानमन्त्री ओलीले गरेको निर्णयलाई न्यायलयले पनि सदर नै गर्ने भएकाले तोकिएको मितिमै निर्वाचन हुने ठोेकुवा उनले गरे।

सुरक्षा निकायका प्रमुख र निर्वाचन आयोगले पनि वैशाख १७ र २७ मा निर्वाचन गर्न कुनै बाधा र अवरोध नभएको बताएको उनले सुनाए।

 

सम्बन्धित् समाचार