कपिलवस्तु : कपिलवस्तुमा बालिकालाई हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । शिवराज नगरपालिका वडा ३ मदवा घर भएकी १६ वर्षिय दिपा रोकाको हत्या गरेको अरोपमा शिवराज नगरपालिका ४ बस्ने २० वर्षिय अल्ताफ बढाईलाई प्रकाउ गरि विहिवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
खोलामा माछा मार्न गएका बढईले बालिकालाई जिस्काउँदा बालिकाले प्रतिवादगरेकोले वालिकाको घाँटी थिचेर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनुभयो ।
घटनास्थलमा वढईको पर्स भेटिएको र वालिकाको मोवाईल युवक सँग फेला परेकोले थप अनुसन्धान भइरहेको अधिकारीले बताउनुभयो । गत पुस ११ गते बाट सम्पर्क बिहिन भएकी रोकाको शव दुइ दिन पछि जवाई खेलामा फेला परेको
थियो ।