गृहपृष्ठ Featured अस्पतालबाट जेलमै फर्काइए इमरान खान

अस्पतालबाट जेलमै फर्काइए इमरान खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई शुक्रबार इस्लामाबादको सिफा अन्तर्राष्ट्रिय अस्पतालबाट अदियाला जेलमै फर्काइएको छ।

जियो न्युजका अनुसार अस्पतालमा उनलाई ६ जना डाक्टरको टोलीले जाँच गरेको थियो।

परीक्षणपछि डाक्टरहरूले इमरान खानलाई अस्पताल भर्ना आवश्यक नपर्ने र जेलमै रहन सक्ने कुरा पत्ता लगाएपछि रावलपिंडीस्थित अदियाला जेलमै फिर्ता लगिएको हो।

सर्वोच्च अदालतको आदेशअनुसार खानलाई उपचारका लागि बिहीबार राति अबेर जेलबाट अस्पताल लगिएको थियो।

मंगलबार अदालतले उनलाई सेप्टेम्बर १६ सम्म अस्पतालमै राख्न आदेश दिएको भए पनि उपचार आवश्यक नदेखिएको भन्दै एक रातपछि नै जेल फर्काइएको हो।

सम्बन्धित् समाचार