गृहपृष्ठ खबर गृहजिल्ला चितवनमा गृहमन्त्री बादलविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन

गृहजिल्ला चितवनमा गृहमन्त्री बादलविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन

चितवन : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विरुद्ध उनकै गृहजिल्ला चितवनमा विरोध प्रदर्शन गरिएको छ। प्रधानमन्त्री केपी ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सोमबार गृह जिल्ला आएका गृहमन्त्री बादललाई विरोधस्वरुप कालो बेलुन उडाएर प्रदर्शन गरिएको हो।

सोमबार एकै समय पारेर प्रधानमन्त्री केपी ओली र प्रचण्ड(नेपाल पक्षले कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रमस्थल भरतपुरको हाकिम चोक जाने क्रममा बादलविरुद्ध प्रचण्ड-नेपाल समर्थकहरुले बेलुन उडाएर विरोध प्रदर्शन गरेका हुन्।

प्रचण्ड-नेपाल पक्ष समर्थकहरुले विभिन्न कार्यालय, होटल, बिजुलीका पोल तथा रुखहरुमा समेत कालो बेलुन बाँधेर प्रदर्शन गरेका छन्। बादल लाल गद्धार, संवैधानिक ‘कूुका मतियार लेखेको ब्यानर बेलुनमा बाँधेर उडाइएको छ।

पूर्वमाओवादी समूहबाट गृहमन्त्री समेत भएका बादल संसद विघटनपछि प्रधानमन्त्री ओली समूहमा आएका थिए।

सम्बन्धित् समाचार