गृहपृष्ठ खबर गुल्मीका ३६ वटा बिद्यालय बन्द

गुल्मीका ३६ वटा बिद्यालय बन्द

गुल्मी : गुल्मीमा समायोजनका कारण १० संस्थागत र २६ सामुदायीक बिद्यालय पुरै बन्द भएका छन्। गुल्मी दरवार गाउँपालिकामा १–१० पढाई हुने गौरी शंकर इग्लिस बोर्डिङ स्कुल इश्वरी माविमा पुरै समायोजना भएको छ। भने चार संस्थागत र दुई सामुदायीक बिद्यालय खाली भएका छन् । त्यस्तै धुर्कोट गाउँपालिकाले पनि सामुदायीक र संस्थागत गरेर ९ बिद्यालय समायोजन गरेको शिक्षा तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए। धुर्कोटमा ५ संस्थागत बिद्यालय पुरै खाली भएका छन्।

मुसिकोट नगरपालिकाले ७ वटा सामुदायीक बिद्यालय समायोजन गरेर पुर्ण रुपमा बन्द गरेको छ। भने ६ वटा बिद्यालयको कक्षा घटाएको मरासिनीले बताए। रेसुंगा नगरपालिका र सत्यवति गाउँपालिकाका एक÷एक वटा संस्थागत बिद्यालय मात्रै समायोजन भएका छन्। चन्द्रकोट गाउँपालिकाले ५ बिद्यालय पुरै समायोजन गरेको ५ भने ९ बिद्यालयमा कक्षा घटाएको छ ।

इस्मा गाउँपालिकाले पनि १५ बिद्यालयमा समायोजन र कक्षा घटाएकोे छ । गुल्मीका ७ स्थानीय तहका ४७ बिद्यालयको कक्षा घटाइएका छन्। मालिका गाउँपालिकाले सवैभन्दा बढि १६ बिद्यालयको कक्षा घटाएको गाउँपालिकाका सामाजिक विकास समिति संयोजक शोभाखर गिरीले जानकारी दिए। स्थानीय तहको समायोजनको तथ्यांकको आधारमा घटेका कक्षाहरु प्राय २, ३, ४ छन्। सुरुमा समुदायले नै खोलेका बिद्यालयहरु भएकाले उनीहरुकै अनुरोधमा पूर्ण बन्द गर्न स्थानीय सरकारलाई पनि चुनौति बनिरहेको छ। जसका कारण अधिकांश स्थानीय तहले एक कक्षा मात्रै भए पनि समुदायमा कायम गरिरहेका छन् ।

गुल्मीमा ४९ वटा बिद्यालयहरु समायोजन गरिएको छ। जिल्लाका १७ संस्थागत र ३२ विद्यालयहरु समायोजना भएका हुन्। जिल्लाका ८ स्थानीय तहले ३२ सामुदायीक बिद्यालय समायोजना गरेको शिक्षा तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए । जिल्लाका मदाने बाहेक ११ स्थानीय तहले बिद्यालय समायोजन प्रक्रिया अगाडी बढाएका थिए । मदानेले बिद्यालय समायोजन र कक्षा घटाउने कुनै काम गर्न सकेको छैन्।

गाउँका नागरिक शहर केन्द्रित भएकाले बिद्यालयहरुमा बिद्यार्थी संख्या अत्यन्तै कम हुँदै गएको छ । बिद्यार्थी संख्या कम हुन ुनै बिद्यालय समायोजन र कक्षा घटाउनुको मुख्य कारण हो । दुरी र भौगोलिक अवस्थालाई पनि समायोजनको अर्को कारण मानिएको छ । केहि ठाउँमा नजिक–नजिक बिद्यालय छन् । भने केहि ठाउँमा भौगोलिक हिसावले बिद्यालय पुग्न बिद्यार्थीहरु घण्टौ हिडनुपर्ने बाध्यता छ । त्यसले बिद्यार्थी र साधन स्रोतले कम्जोर बिद्यालयको कारण गुणस्तरिय शिक्षामा प्रभाव पर्ने भएकाले पनि समायोजनको अर्को बिकल्प नभएको धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोख्रेलले जानकारी दिए ।

सम्बन्धित् समाचार