गृहपृष्ठ अर्थ/वाणिज्य कपिलवस्तुमा स्रोत नखुलेको ४९ लाखसहित एक व्यापारी प्रहरीको फन्दामा

कपिलवस्तुमा स्रोत नखुलेको ४९ लाखसहित एक व्यापारी प्रहरीको फन्दामा

कपिलवस्तु : गत पुस २० गते काठमाडौंको नागढुंगामा श्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाको बरामद भएको घटनाको आरोपमा मुछिएका कपिलवस्तुमा एक जना बुधवार पक्राउ परेकोे छन । कपिलवस्तुको कृष्णनगर नगरपालिका– २ का सचीन अग्रवाल श्रोत नखुुलको ४९ लाख रुपैया सहीत पक्राउ परेको कृष्णगनर ब्यापारी श्रोतले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण विभागको पत्रानुसार कपिलवस्तु प्रहरीले अग्रवालको घरमा खानतलासी लिदा ४५ लाख ९५ हजार नेपाली रुपैया र २ लाख ८६ हजार भारतीय रुपैया बरामद भएको प्रहरी श्रोतले जनाएको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगर अनुसार बिभागको आदेश अनुसार बरामद भएको सो रकम सहीत पक्राउ गरिएको अग्रवाललाई काठमाण्डौ पठाइएको छ ।

ब्यापारी श्रोत अनुसार पक्राउ परेको ब्यापारी हुन्डीको कारोवार गर्ने गर्थे । गत पुस २० गते भारत गोरखपुर घण्टाघर घर बताउने ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुको वाणगंगा नगरपालिका-४ का २२ वर्षीय संगम थारु (कार चालक) पक्राउ परेका थिए । हान प्रदेश ३ -०१ ०२३ च २२५९ नम्बरको हुन्डाई सिल्भर रङको कारमा सवार २ जना स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित पक्राउ परेका थिए ।

कपिलवस्तुबाट काठमाडौंतर्फ जादै गरेको कारबाट बरामद रकम डिक्कीमा टायरमुनि तथा कारका विभिन्न भागमा लुकाईछिपाई ३ वटा झोलामा राखिएको अवस्थामा रकम बरामद भएको थियो ।

यस्तै अमितकुमार गुप्ताको साथबाट ८६ हजार रुपैयाँ बरादम भएको थियो । भारतबाट भारतीय रुपैयाँ ल्याई नेपालको सीमा क्षेत्रमा पटकपटक गरी नेपाली रुपैयाँ सटही गरिएको थियो ।

प्रहरी उपरिक्षक नवराज अधिकारीले संपत्ति सुद्धीकरण बिभागको आदेश अनुसार एक जालाई नियन्त्रणमा लिई काठमाण्डौ पठाइएको बताए ।

सम्बन्धित् समाचार