गृहपृष्ठ खबर भारत सरकारले आगामी शनिबारदेखि कोरोनाको खोप लगाउन थाल्ने

भारत सरकारले आगामी शनिबारदेखि कोरोनाको खोप लगाउन थाल्ने

काठमाडौं : भारत सरकारले आगामी शनिबार (जनवरी १६) देखि कोरोनाको खोप लगाउन थाल्ने भएको छ। सबैभन्दा पहिले ३ करोड स्वास्थ्यकर्मी र कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका कर्मचारीहरूलाई खोप लगाइने त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यसपछि ५० वर्ष माथिका मानिसहरूलाई उनीहरूको स्वेच्छाअनुसार खोप लगाइनेछ। ५० वर्ष ननाघेका, तर कुनै न कुनै स्वास्थ्य समस्या भोगिरहेका २७ करोड मानिसहरूलाई पनि कोरोनाको खोप लगाउने भारत सरकारको योजना छ।

खोप अभियान शुरु गर्नुअघि राज्य र केन्द्र शासित प्रदेशमा भइरहेको तयारी तथा देशमा महामारीको अवस्थाबारे समीक्षा गर्न त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी अध्यक्षतामा बसेको बैठकले आगामी शनिबारदेखि खोप लगाउन थाल्ने निर्णय गरेको हो।

भारत सरकारले कोभिडशील्ड र कोभ्याक्सिन गरी कोरोना विरुद्धका दुईवटा खोप लगाउन अनुमति दिएको छ।

 

सम्बन्धित् समाचार