कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा लागु औषध सहित श्रीमान श्रीमति प्रकाउ परेका छन । ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिनेश गुरुङको नेतृत्वमा बाणगंगामा साढे ४ बजे १ ग्राम १५० मिलिग्राम ब्राउन सुगरसहित श्रीमान श्रीमतिलाई प्रकाउ गरिएको हो ।

बाणगंगा नगरपालिका वडा नः ४ ठाकुरापुर बस्ने बर्ष ४२ का पारस बिक र उनकी श्रीमति आरतीदेवि बिकलाई प्रहरीले प्रकाउ गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्धा दर्ता गरी अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख गुरुङले बताए ।
पछिल्लो समय लागु औधष नियन्त्रणका लागी पिपरा प्रहरीले छुट्टै मिशस चलाएको बुझीएको छ । यही महिनामा मात्र बाणगंगाका बिभिन्न स्थानबाट ५ जना लागु औषधको कारोबारीलाई प्रहरी प्रकाउ गरेको छ ।








