गृहपृष्ठ खबर वैशाखमा चुनाव हुदैन, मात्र प्रधानमन्त्री ओलीको नाटक हो : कमाल

वैशाखमा चुनाव हुदैन, मात्र प्रधानमन्त्री ओलीको नाटक हो : कमाल

चार नम्बर जीतपुर : कांग्रेसका केन्द्रिय सदस्य तथा विगठित प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलमानले प्रधानमन्त्री केपी शर्मा ओेलीले विदेशीको ईसारामा संसद विघटन गरेको आरोप लगानुभएको छ । बाणगंगा नगरपालिका ११ हथौसामा सुरु भएको माघी महोत्सवलाई सम्बोधन गर्दै कमालले यस्तो बताउनु भएको हो ।

कमालले नेकपाको आपसी झगडाका कारण सदन विघटन गर्नु आम नागरीकमाथिको विश्वासघात रहेको दाबी गर्नु भएको छ । असंवैधानिक कदम चाल्न सक्ने ओलीले वि.स.२०४७ को संविधान लिएर संघीयता पनि खारेज गर्ने सक्ने कमालको भनाई छ । ओलीले देशलाई अनिष्टको बाटो तर्फ डोराईरहेको उहाँले बताउनु भएको छ ।

त्यस्तै उहाँले संसद विघटन गरेर वैशाखमा चुनाव गराउछु भन्ने ओलीको भनाई गैरजिम्मेबार रहेको बताउदै यो केवल नाटक रहेको बताउनुभएको छ ।

 

सम्बन्धित् समाचार