गृहपृष्ठ खबर ५ हजार ३० जनामा पिसिआर गर्दा ३३६ मा कोरोना संक्रमण

५ हजार ३० जनामा पिसिआर गर्दा ३३६ मा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा ३ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा कोरोना पुष्टि भएको हो । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६२ हजार ८६८ पुगेको छ । त्यस्तै, यसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३० जनामा पिसिआर परीक्षण गरिएको छ ।

सम्बन्धित् समाचार