गृहपृष्ठ खबर पाल्पामा आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा एक बालकको मृत्यु

पाल्पामा आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा एक बालकको मृत्यु

पाल्पा : शिकार खेल्न जानेक्रममा पाल्पामा भरूवा बन्दुकको छर्राले लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको रिब्दीकोट गाउँपालिका – ८ दानसिङडाँडाका १३ वर्षीय लक्ष्मण छहारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।

सिकार खेल्न जानेक्रममा गएराती ९ बजे उनलाई छर्राले लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको थियो। शिकार खेल्न गएका अन्य तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रैनादेवी छहरा गाउँपालिका वडा-४ भर्माटुङ बस्ने १७ वर्षीय ज्ञानबहादुर गाहा, १४ वर्षीय कमल राना, रिब्दीकोट गाउँपालिका -८ दानसिङडाँडाका १३ वर्षीय देवबहादुर गाहालाई नियन्त्रणमा लिएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित् समाचार