गृहपृष्ठ खबर कपिलवस्तुमा अपांगतालाई नेतृत्व विकास तालिकसंगै सहायक सामग्री बितरण

कपिलवस्तुमा अपांगतालाई नेतृत्व विकास तालिकसंगै सहायक सामग्री बितरण

कपिलवस्तु : कपिलवस्तु नगरपालिका वडा नम्बर ८ दोहनीमा अपांगता भएकालाई नेतृत्व विकास तालिकसहित सहायक सामग्री बितरण गरिएको छ । वडा कार्यालयको सहयोगमा लुम्बिनी अपाङ्गता विकास केन्द्र कपिलवस्तुले अपाङ्गता भएकालाई तालिमसंगै सहायक सामग्री वितरण पनि गरिएको हो कार्यक्रममा सतो छडी १० जनालाई, रेडियो पेनड्राईभ ५ जना, टाईलेट सिट ४ जना लाई प्रदान गरिएको हो ।

यस्तै आयआर्जनकालागि ४ जनालाई ५ हजारका दरले रकम समेत प्रदान गरिएको छ । वडाध्यक्ष शिव कुमार पाण्डेयले सो सामग्री हस्तान्तरण गर्दै वडाले अपांगता भएका ब्यक्तिहरुलाई प्राथमिकतामा राखेको बताए । उनले आगमी दिनमा पनि यस्ता कार्यक्रमहरु संचालन गरिने बताए ।

सो अवसरमा अपांगका अगुवा देबी राम पोख्रेलले अपांगता भएका ब्यक्तिहरुलाइृ दया नभै अधिकार सहीतको अवसर दिनु पर्ने बताए । केन्द्रका अध्यक्ष ओरीराम चौरसियाले अपांगता भएका ब्यक्तिहरुलाई सबेैले अवसर दिनु पर्ने बताए । उनले अवसर र अधिकार दिइए हौसला बढने बताए । कार्यक्रम ओरिराम चौरसियाको अध्यक्षता र सुचिता श्रीवस्तवको संचालनमा भएको थियो । कार्यक्रमममा वडा सदस्यहरु मुस्तकिम मुसलमान, उर्मिला कोरी, लगायतको समते सहभागीता थियो ।

 

सम्बन्धित् समाचार