गृहपृष्ठ खबर ओलीलाई पार्टीको साधारण सदस्यबाट प्रचण्ड-नेपाल पक्षद्वारा निष्कासन

ओलीलाई पार्टीको साधारण सदस्यबाट प्रचण्ड-नेपाल पक्षद्वारा निष्कासन

काठमाडौं : नेकपाको प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहेन गरी निष्कासन गरेको छ। यसअघि प्रधानमन्त्री ओलीलाई स्पष्टिकरण सोध्दै बालुवाटारको गेटमा पत्र छाडेको थियो।

त्यस्तै स्थायी समितिको बैठकले गंगालला तुलाधरलाई कार्यालय सचिव बनाएको छ। यसअघि नै पूर्व माओवादीका तर्फबाट,श्रीराम ढकाल सचिव रहेका थिए। त्यस्तै कार्यालयको उपसचिवमा मोहन गौतम नियुक्त भएका छन्।

यसअघि पुस ७ गते बसेको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय कमिटीले ओलीलाई अध्यक्षबाट हटाएको थियो। ओलीको ठाउँमा माधव नेपाल अध्यक्ष बनेका छन्।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा २ सय ९७ जना उपस्थित बैठकले ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो।

 

सम्बन्धित् समाचार