गृहपृष्ठ खबर रुपन्देहीमा सम्पतिको लोभमा आगो लगाएर हत्या, ६ जना प्रहरीको फन्दामा

रुपन्देहीमा सम्पतिको लोभमा आगो लगाएर हत्या, ६ जना प्रहरीको फन्दामा

भैरहवा : रुपन्देही प्रहरीले मर्चवारमा आगो लगाई हत्या भएको घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले गत माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै हत्या गरिएका ३४ वर्षीय राजेन्द्र यादवको हत्यामा संलग्न ८ जनामध्ये आरोपित ६ जना योजनाकार र परिवारका सदस्यहरुलाई पक्राउ गरेको हो ।

राजेन्द्र यादवलाई उनकै भाई, काका र काकाको सम्धीले सम्पत्तिका लागि हत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेलले बताए।

एक हप्ता अघि भएको घटनामा हत्याका आरोपितहरु सार्वजनिक गर्दै प्रहरीले मुख्य योजनाकार सियारी २ बस्ने रामबेलाश यादव, बुद्धिराम कोहार मृतकको भाई विरेन्द्र यादव, काकाको सम्धी सन्त कुमार यादव, हत्याका सहयोगी सिद्धार्थनगर ११ का राकेश यादव र अफताव मुसलमानलाई पक्राउ गरी नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक पोखरेलले बताए ।

अपराधमा संलग्न मध्यस्तकर्ता लङगारे भन्ने ईन्द्रजित यादव र सोनु मुराउ फरार रहेका छन्। गाउँबाट टाढा एकान्त ठाउँमा योजनाबद्ध रुपमा घटना भएको उनले बताए । मृतकका काकाले मान्छे मार्ने मध्यस्तकर्तालाई पच्चीस लाख वा १ कठ्ठा जग्गा दिने शर्तमा हत्या गराएको प्रहरी अनुसन्धानमा खुलेको उनले बताए । घटना गराउने मुख्य योजनाकार बुद्धिराम कोहारले नगद २० हजार र ५० हजार गरी २ पटकमा ७० हजार मृतकको काकाबाट लगेका थिए ।

 

सम्बन्धित् समाचार