
एजेन्सी : सन २०२१ को इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटको अक्सन ९बोलकबोल० फेब्रुअरी १८ मा ९फागुन ६ गते० हुने भएको छ । आईपीएलले १४ औं संस्करणको लागि अक्सन फेब्रुअरी १८ मा चेन्नईमा गरिने भारतीय क्रिकेट कन्ट्रोद बोर्ड ९बीसीसीआई०ले जनाएको छ ।
आईपीएलमा सहभागी टिमले खेलाडी रिलिज र रिटेन गरिसकेका छन् । जसअनुसार नेपाली क्रिकेटर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट रिलिज भइसकेका छन् ।
अक्सनबाट सन्दीपलाई आइपीएलमा आवद्ध जुनसुकै क्लबले पनि भित्र्याउन पाउने छन् ।








