गृहपृष्ठ खबर प्रचण्ड युद्धको समयमा जंगल नभई, दिल्ली बस्नु भएको हो : प्रधानमन्त्री ओली

प्रचण्ड युद्धको समयमा जंगल नभई, दिल्ली बस्नु भएको हो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले नेकपा प्रचण्ड(नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी सशस्त्र युद्धको समयमा आफू दिल्ली बसेर कार्यकर्ता र लडाकुलाई मात्र जंगल बसालेको आरोप लगाएका छन्।

नेपाल ट्रेड युनियन महासंघ राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘प्रचण्ड जंगलमा न हिजो बसेका हुन्। न अब बस्ने छन्,’ उनले भने,’ कार्यकर्ता र लडाकुलाई मात्र जंगलमा बसाल्नु भयो । आफू त जेलवाला जेल लगाएर जुल्फी कोरेर दिल्ली बस्नु भा हो।’

प्रधानमन्त्री ओलीले प्रचण्ड समूह सही बाटोमा लागेको भए पार्टी फुटको संघारमा नआउने तर्क गरे। ‘सही बाटोमा लागेको भए पार्टी एकता हुन्थ्यो। पार्टीले सानदारकासाथ जीत हाँसिल गर्थ्यो।’

उनले अब प्रचण्ड समूहले कुनै पनि हालतमा चुनाव नजित्ने जिकिर गरे। उनले विगतको चुनावमा प्रचण्डलाई आफूले नै जिताएको दावी गरे। ‘उनीहरुलाई चितवनमा हामीले जिताएका छौं। ठूलाठूला सभा गरेर भोट हालिदिनुहोस् भनेर जिताएको हो, उनले भने,’जनतालाई सम्बोधन,प्राणाम गरेर भोट मागेर जिताएको हो।’

सरकार र पार्टीमा काम गर्न नदिएर संसद विघटन गरेको उनको भनाइ छ। उनले वैशाखमा चुनाव हुनेभन्दै कार्यकर्तालाई गतिशील भएर अगाडी बढ्न सल्लाह दिए।

सम्बन्धित् समाचार