गृहपृष्ठ खबर ओलीलाई पार्टीबाटै निष्काशन गर्ने नेकपा केन्द्रीय कमिटीको निर्णय, पौडेलको पद पनि खोसियो

ओलीलाई पार्टीबाटै निष्काशन गर्ने नेकपा केन्द्रीय कमिटीको निर्णय, पौडेलको पद पनि खोसियो

काठमाडौं : नेकपा दाहाल समूहले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । यसैगरी ओली पक्षमा लागेको भन्दै महासचिव विष्णु पौडेललाई पनि पदबाट हटाएको छ ।

सोमबार बसेको दाहाल–नेपाल पक्षीय नेकपाको चौथो केन्द्रीय कमिटी बैठकले ओली र पौडेलमाथि कार्वाही गरेको हो । नेकपा अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई पार्टीको साधारण सदस्य र पौडेललाई महासचिवबाट हटाउन गरेको प्रस्तावलाई बैठकले पारित गरेको हो ।

यसअघि नै माघ ११ मा स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यबाटै हटाउने निर्णय गरेको थियो । सोही निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन गरिएको हो । प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि दुई कित्तामा विभाजित नेकपाले एकार्का नेतामाथि कार्वाही गर्ने लहर नै चलाएका छन् ।

यसअघिको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको थियो ।

 

सम्बन्धित् समाचार