गृहपृष्ठ खबर ओलीको पक्षमा राजधानीमा मोटरसाइकल र्‍याली

ओलीको पक्षमा राजधानीमा मोटरसाइकल र्‍याली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा राजधानीमा मोटरसाइकल र्‍याली भएको छ। प्रजातान्त्रिक मुलुकमा सत्ताले नै शक्ति प्रदर्शन गर्ने विरलै दृष्य नेपालमा देखिन थालेको केही समय यतामात्र हो। यसैक्रममा प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मोटरसाइकल र्‍याली गरेको हो।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनीविरुद्ध नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह आन्दोलित हुँदै आएका छन्। उनीहरुको आन्दोलनविरुद्ध प्रधानमन्त्री ओली आफैँ आन्दोलन हाँकिरहेका छन्।

प्रचण्ड(माधवकुमार नेपाल समूहले राधजानीमा शक्ति प्रदर्शन गर्दै सभा सम्पन्न गरेपछि प्रधानमन्त्री ओलीले सभा कस्तो हुन्छ देखाउने चुनौती नै पेश गरेका थिए। त्यसअनुरुप यही २३ गते प्रधानमन्त्री ओलीले दरबारमार्गमा सभालाई सम्बोधन गर्दैछन्। त्यसका लागि लाखौं मानिस उपस्थित गराउने तयारी नेकपाले गरेको छ। आजको मोटरसाइकल र्‍याली त्यसैको प्रयोजनका लागि आह्वान गरिएको हो।

अर्कातिर सत्तारुढ दलकै विभाजित पक्षका प्रचण्ड(नेपाल समूहले २८ गते काठमाडौंमा फेरि प्रदर्शन सहितको सभा गर्ने घोषणा गरिसकेका छन्। साथै उक्त समूहले आम हड्ताल गर्ने तयारी पनि गरेको छ।

सम्बन्धित् समाचार