गृहपृष्ठ खबर प्रचण्ड-नेपाल समूहले आज मसाल जुलुस गर्ने

प्रचण्ड-नेपाल समूहले आज मसाल जुलुस गर्ने

प्रकाशित मिति:

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको आन्दोलनरत पुष्पकमल दाहाल प्रचण्ड – माधवकुमार नेपाल समूहले भोलि देशव्यापी आम हड्ताल गर्ने घोषणा गरेको छ। संवैधानिक अंगहरुका पदाधिकारी र सदस्यहरुको नियुक्तिको विषयलाई लिएर त्यसको विरोधमा आम हड्तालको घोषणा गरेको केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जनाएका छन्।

”प्रतिनिति सभा विघटनको प्रतिगामी कदम र कामचलाउ सरकारको गैर संवैधानिक, स्वेच्छाचारी एवम् दमनकारी क्रियाकलापको विरुद्ध पनि संघर्षलाई यस रुपमा अघि बढाउनुपर्ने वाध्यात्मक स्थिति उत्पन्न हुन गएको छ,’ आम हड्तालबारे जानकारी दिन प्रेसित प्रेस वक्तव्यमा भनिएको छ, ‘हाम यसरी वाध्यात्मक रुपमा घोषणा गर्न परेको आम हड्तालको कार्यक्रमलाई व्यापक समर्थन एवम् सहभागितासहित पूर्ण रुपमा सफल पार्न…अपिल गर्छौं।’

देशव्यापी आम हड्तालमा यातायात, पसल, उद्योग, कलकारखाना र शिक्षण संस्था बन्द हुने जनाइएको छ। अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधी लगायत अत्यावश्यक सेवाहरु यथावत रहने जनाइएको छ।

भोलिका लागि आह्वान भएको आम हड्ताल सफल बनाउन आज साँझ देशव्यापी मसाल जुलुस गरिने पनि जनाइएको छ। साथै भोलिका लागि तय भएको युवा र्‍याली २८ गतेको सभा पछि गरिने श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

सम्बन्धित् समाचार