गृहपृष्ठ खबर कांग्रेसका शुभेच्छुक संगठनहरूको प्रदर्शन

कांग्रेसका शुभेच्छुक संगठनहरूको प्रदर्शन

प्रकाशित मिति:

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदमको विरोधमा नेपाली कांग्रेसका कांग्रेसको शुभेच्छुक संगठनहरूले आज देशभर प्रदर्शन गरेका छन्। प्रतिनिधिसभा विघटन र विधि उल्लङ्घनविरूद्ध ती संगठनहरूले प्रदर्शन गरेका हुन्। प्रवक्ता विश्वप्रकाश शर्माले अझ व्यापकताका लागि आन्दोलनका कार्यक्रमहरूमा सहभागिताका लागि अपिल गरिसकेका छन्।

पुस ५ मा ओली सरकारले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ। पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ गते कांग्रेसले विभिन्न तहमा पार्टी र भ्रातृ संस्थाहरूबाट प्रदर्शन गरेको छ।

शनिबार दिउँसो १२ बजे देखि १२:३० बजेसम्म देशका ७७ वटै जिल्लामा मानव साङ्लोसहित प्रदर्शन गर्ने कांग्रेसको पूर्व-घोषित कार्यक्रमअनुसार नै उसले आज विरोध कार्यक्रम सम्पन्न गरेको हो। काठमाडौंको टुँडिखेल आसपासमा कालोपट्टीसहित मानव साङ्लो निकालिएको छ।

सम्बन्धित् समाचार