गृहपृष्ठ खबर प्रदेश १ : सत्तापक्षका सांसदले अवरोध गरेपछि प्रदेशसभा बैठक दुई मिनेटमै स्थगित

प्रदेश १ : सत्तापक्षका सांसदले अवरोध गरेपछि प्रदेशसभा बैठक दुई मिनेटमै स्थगित

प्रकाशित मिति:

विराटनगर : मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने कार्यसूची तय गरेर सुरु भएको प्रदेश १ प्रदेशसभा बैठक दुई मिनेटमै स्थगित भएको छ । सत्ता पक्षका सांसदले निलम्बित १६ जना सांसदलाई उपस्थित हुन दिनु नहुने माग गर्दै सदन अवरुद्ध गरेका हुन् । सत्तापक्षका सांसदले बैठकमा अवरोध गरेपछि सभामुख प्रदिपकुमार भण्डारीले फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

 

annapurna post

दिउँसो २ बजे बस्ने भनिएको बैठक कार्यसूची विवादका कारण ४ बजेमात्र सुरु भएको थियो । बैठक सुरु भए लगत्तै सत्ता पक्षका सांसदले बैठक अवरुद्ध गरेका हुन् ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको छ । केन्द्रमा नेकपा दुई समूह बनेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेको हो ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने तयारी भएको थाहा पाएपछि मुख्यमन्त्री राईले १६ सांसदलाई कारबाही गरेका छन् । 

सम्बन्धित् समाचार