गृहपृष्ठ खबर भारतको उत्तराखण्डमा भीषण बाढी: १ सय बढीको मृत्यु भएको आशंका

भारतको उत्तराखण्डमा भीषण बाढी: १ सय बढीको मृत्यु भएको आशंका

प्रकाशित मिति:

नयाँदिल्ली: भारतको उत्तराखण्डस्थित हिमताल फुट्दा १ सयदेखि १ सय ५० जनाको मृत्यु भएको आशंका गरिएको छ । ताल फुट्नुका साथै चमोली जिल्लामा रहेका अलखण्ड र धौलीगंगा नदीमा भीषण बाढी आउँदा जनजीवन अस्तव्यस्त बनाएको छ । क्षति व्यवस्थापन तथा उद्वारका लागि ठूलो संख्यामा सुरक्षाकर्मीहरु खटाइएको भारतीय मिडियाले जनाएका छन् । तीन वटा हेलिकप्टर घटनास्थलमा उद्वारका लागि पठाइएको बताइएको छ ।

चुनावी अभियानका लागि आसाममा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको पक्षमा सिंगो देश उभिएको र हरेक नागरिकको सुरक्षाको लागि राष्ट्रले प्रार्थना गरेको जनाएका छन् ।

पछिल्लो समाचार अनुसार घटनास्थलमा तीन जनाको शव भेटिएको छ । उत्तराखण्डका उच्च अधिकारीहरुका अनुसार १ सय देखि १ सय ५० जना वेपत्ता भइरहेकाले उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

वेपत्ता हुनेमा अधिकांश सडक, रेल तथा सुरुङमा कार्यरत मजदुरहरु रहेको बताइएको छ । तपोबन बाँध क्षेत्रमा मात्रै कार्यरत १६ जना कामदारहरु सुरुङभित्रै थुनिएर रहेकाले उनीहरुको उद्वार कार्य जारी रहेको छ ।

घटनास्थलमा स्वास्थ्य टोली समेत खटाइएको बताइएको छ । ऋषिकेश, जोलीग्राम, श्रीनगर र देहरादुनमा ३० शैय्याका अस्पताल घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ ।

सम्बन्धित् समाचार