गृहपृष्ठ खबर कपिलवस्तु इन्चार्ज न्यौपाने भन्छन्- फाल्गुण १ गते बुटवलमा जनसागर उर्लन्छ

कपिलवस्तु इन्चार्ज न्यौपाने भन्छन्- फाल्गुण १ गते बुटवलमा जनसागर उर्लन्छ

प्रकाशित मिति:

कपिलवस्तु : नेकपा केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले फाल्गुण १ गते बुटवलमा जनसागर उर्लने बताउनु भएको छ । नेता न्यौपानेले पार्टीलाई विघटन गर्न खोज्नेहरुका विरुद्ध सघर्ष गर्दै गणतन्त्रको रक्षाका लागि पार्टीका सबै नेता कार्यकतामा प्रशिक्षणका माध्यमबाट भ्रम चिर्ने धारणा राख्नु भयो ।

नेकपा कृष्णनगर नगर कमिटीको वैठकलाई सोमबार सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । त्यस्तै नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष झविलाल पोख्रेलले नेकपाले थुप्रै होनहार कार्यकर्ता नेकपाले उत्पादन गरेको चर्चा गर्दै पार्टीले सबै कार्यकर्ताको उचित जिम्मेवारी प्रदान गर्ने बताउनु भयो ।

नेता पोख्रेलले संकटका बेला कार्यकर्ताको पहिचान बन्ने बेला भएको जिकिर गर्नु भयो । सन्दिप मौर्याको अध्यक्षतामा सम्पन्न वैठकले फाल्गुण १ गते बुटवलमा हुने विशाल जनसभामा नेकपा कृष्णनगर नगरकमिटीले ३० वटा बसहरु परिचालन गर्ने निर्णय गरेको बताउनु भयो ।

वैठकमा नेकपाका केन्द्रिय सदस्य शुसिल श्रीवास्तव, नेकपाका जिल्ला नेता सफरअलिमियाले आफ्नो धारणा राख्दै सबै पार्टी कार्यकर्ता सुदृढ संगठन निर्माणमा एकिकृत हुन आग्रह गर्नु भयो ।

सम्बन्धित् समाचार