गृहपृष्ठ खबर संसद विघटनको विरोध गर्दै चन्दौटामा जसपाको मसाल जुलुस

संसद विघटनको विरोध गर्दै चन्दौटामा जसपाको मसाल जुलुस

प्रकाशित मिति:

कपिलवस्तु : संसद विघटनको विरोध गर्दै चन्दौटामा जसपाले मसाल जुलुस निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संबैधानिक कदम विरुद्ध जनता समाजवादी पार्टी नेपालले मसाल जुलुस निकालेको हो । जसपा शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरीको अध्यक्षतामा बुधबार साँझ कपिलवस्तुको चन्द्रौटामा मशाल जुलुस आयोजना गरेको जनाईएको छ ।

शान्ती पुर्ण मशाल जुलुसमा प्रहरीले हस्ताक्षेप गरेको जसपा शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरीले बताउनु भयो । खसी बजार देखी निकालेको मसाल जुलुस चोकमा पुग्दा प्रहरीले मसाल  खोसेर निभाइ दिएको थियो ।

उक्त कार्यक्रममा शिव पुजन यादव, हिरा यादव, प्रमिला थारु, रहीश शाह, मेहताब खान, मेनाज खान लगायतले जुलुश पछी कोणसभालाई सम्बोधन गरेका थिए ।

मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको जसपा युवा नेता रहिश शाहले बताउनु भयो । मशाल जुलुसमय सरकार विरुद्धा नाराबाजी समेत गरेको युवा नेता शाहले बताउनु भयो ।

सम्बन्धित् समाचार