गृहपृष्ठ खबर चुनावको तयारीमा रहन कार्यकर्तालाई सभापति देउवाको निर्देशन

चुनावको तयारीमा रहन कार्यकर्तालाई सभापति देउवाको निर्देशन

प्रकाशित मिति:

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधिन रहेकाले यसबारे कांग्रेसले बोल्न नमिल्ने बताउनुभएको छ । नेपाली कांग्रेस आदिवासी जनजाति केन्द्रीय विभाग, नेपाल आदिवासी जनजाति संघले बिहीबार सानेपामा गरेको कार्यक्रमा उहाँले चुनावबाट सरकार बनाउने राजनीतिक व्यवस्थामा पार्टीले सधैँ चुनावको तयारी गरिरहनुपर्ने बताउनुभएको हो ।

कांग्रेस सभापति देउवाले संसद पुनस्थापना अथवा चुनाव दुवैको तयारीमा रहन कार्यकर्तालाई निर्देशन दिनुभयो । कांग्रेस सभापति देउवाले कांग्रेस मात्रै समावेशी पार्टी भएपनि उल्टो प्रचार भएको बताउनुभयो । कांग्रेसका कांग्रेस उपसभापति बिमलेन्द्र निधिले प्रतिनिधि सभा विघटन असंवैधानिक भएपनि निर्वाचनलाई असंवैधानिक भन्न नमिल्ने बताउनुभयो ।

प्रधानमन्त्रीको असंवैधानिक कदमको उपचार प्रतिनिधि सभाको पुर्नप्राप्ति नै भएको भन्दै उहांले चुनाव वा पुर्नस्थापनाबाट नै संविधानलाई लिकमा ल्याउन सकिने धारणा राख्नुभयो ।

सम्बन्धित् समाचार