गृहपृष्ठ खबर पोख्रेलको दाबी : भोलि बुटवलको जनसभामा कपिलवस्तुबाट २५ हजार बढी जनता उर्लने

पोख्रेलको दाबी : भोलि बुटवलको जनसभामा कपिलवस्तुबाट २५ हजार बढी जनता उर्लने

प्रकाशित मिति:

कपिलवस्तु : नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री के.पि. शर्मा ओलीले सम्बोधन गर्ने जनसभामा कपिलवस्तु जिल्लाबाट २५ हजारको जनसहभागिता हुने नेकपा कपिलवस्तुका संयोजक झविलाल पोख्रेलले बताउनु भयो । फाल्गुण १ गते लुम्बिनी प्रदेशद्धारा सिदेश्वरी माविको खेल मैदान दिपनगरमा आयोजित सभामा ३ सय बस, २ सय ५० साना गाडी र १ हजार मोटरसाईकल प्रयोग हुने संयोजक पोख्रेलले दावी गर्नु भएको छ ।

संयोजक पोख्रेलले राष्ट्रिय स्वाधिनता, संविधानको रक्षा, अराजकताको अन्त्य , राजनीतिक स्थितरता र विकासका लागि ताजा जनादेशको पक्षमा बुटवलमा हुने विशाल जनसभामा सहभागिताका निम्ति कपिलवस्तुबासीलाई आग्रह गर्नु भएको छ ।

त्यस्तै नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला सहसंयोजक डम्मर शर्माले सुखी नेपाली, समृद्ध नेपालको अभियानलाई सार्थक पार्न जनसभा फलदायी हुने विश्वास ब्यक्त गर्दै जिल्लाको ४ नं. देखी १०ः३० बजेको प्रस्थान तालिका तय भएको जानकारी दिनु भयो ।

सम्बन्धित् समाचार