
काठमाडौं : नेकपा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राईले ओली समूहमा फर्किएका छन्। उनीहरु प्रचण्ड-माधव समूह परित्याग गरि शुक्रबारबाट मूलधारमा समाहित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
थापाले प्रचण्डलाई नेता मानेर अघि बढ्न नसकिने सही निष्कर्षका साथ फर्कनु भएको बताए।
तामाङ पार्टी विभाजन लगत्तै एक दिन ओली पक्षको संसदीय दलको बैठकमा सहभागी भएर प्रचण्ड(माधव समूहमा लागेका थिए । ओली पक्षमा लागेलगत्तै तामाङले प्रचण्डलाई नेता मानेर उनलाई बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिएका छन्।








