
कपिलवस्तु : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डाक्टर प्रकाशचन्द लोहनीले ओलीको असंबैधानिक कदमले मुलुक संटक फसेको बताउनु भएको छ । दलीय किचलोमा फसेर आफनो निजी स्वार्थकालागि ओलीले संसद बिघठन गरे पछि मुलुकम संकटमा फसेको उनले बताउनु भयो । राप्रपा कपिवलवस्तुद्धारा तौलिहवामा आयोजित कार्यकर्ता भेला कार्यक्रममा सम्बोधन गर्दै उनले मुलुकलाई संकटबाट जोगाउन सबै एक हुुनपर्ने बताउनु भयो ।
‘ओली जीले संबिधान मै नभएको कुराबाट असबैधानिक कदम चाले, मुलुम अहिले गहिरो संटमा फसेको छ, यसलाई सबै मिलेर बचाउनु पर्छ’ उहाँले भन्नु भयो । दुई तिहाई नजिक पुगेको ओली सरकारको ३ बर्ष भष्ट्रचार र अनियमितता मै बितेको भन्दै उहाँले कांग्रेसले पनि अहिले संटक समाधानमा कुनै खासै भुमिका खेल्न नसकेको उहाँले बताउनुभयो ।
राष्ट्रको अभिभावकारुपमा रहेको राष्ट्रपतिले पनि अभिभावकको भुमिका नखेल्न सकेकाले अहिले देशमा झनै समस्या आएको उहाँले बताउनु भयो । ‘ राष्ट्रपति जस्तो गरिमाय संस्था अहिले दलको एउटा गुटको कुरा मात्र सुन्नु भएको छ ’ उहाँले भन्नु भयो े । अहिले देश अस्थिरता तर्फ धकेलिएको बेला बिदेशी हस्तक्षेप समते बढेको उहाँले बताउनु भयो ।
अब यो देशमा बिस्तारै राजतन्त्र सहीतको हिन्दु राष्ट्रको कुरा उठन लागेको उहाँले बताउनुभयो । सो अवसरमा पार्टीका केन्द्रिय सदस्य भीम बहादुर कुवर, धुब्र रायमाझी, कृष्ण बहादुर चौधरी, जनक पाठक, बिजय लक्ष्मी सिंह, ईद्रीस मुसलमान देबेन्द्र किरण श्रीवास्तव, राजेन्द्र अधिकारी लगातयले मन्तब्य दिनु भएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष नारायण बहादुर सिंहकोे अध्यक्षतामा भएको थियो ।








