
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको संसदीय दलले गरेको निर्णयबारे जानकारी गराउन अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल संसद् सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमा (फागुन २३) हुँदा सर्वोच्च अदालतमा ‘डिभोर्स’ पेपर तयार हुँदैछ भन्नेबारे उनीहरू बेखबर थिए ।
संसदीय दलको निर्णय दर्ता गर्न महासचिव गौतमलाई दबाब दिइरहँदा नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषिराम कट्टेललाई प्राप्त भएको खबर आयो । केही समयअघि एउटै पार्टीका दुई जना अध्यक्ष रहेका प्रचण्ड–माधवलाई एउटै निर्णयले विछोड गराइदियो ।
करिब छ महिनाअघि प्रचण्ड र माधवबीच मोर्चाबन्दी मात्र होइन एउटै पार्टी सरह सहकार्य सुरु भएको थियो ।








