गृहपृष्ठ खबर सरकारमा जाँदैन, कांग्रेस प्रतिपक्षमै बस्छ- देउवा

सरकारमा जाँदैन, कांग्रेस प्रतिपक्षमै बस्छ- देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी हुन कांग्रेसले मरिहत्ते नगरेको बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले कांग्रेस अहिले प्रतिपक्षमा रहेकाले सरकारमा सहभागी नहुने बताएका हुन् ।

उनले भने, ‘हाम्रो पार्टी प्रतिपक्षी भएकाले वर्तमान सरकारमा सहभागी हुँदैन, जनताले कांग्रेसलाई प्रतिपक्षको भूमिका निर्वाह गर्न आदेश दिएकाले सोहीअनुसार सशक्त भूमिका निर्वाह गर्नेछ ।’

सम्बन्धित् समाचार