गृहपृष्ठ खबर केपी ओलीले स्पष्टीकरण दिनुपर्छ– भीम रावल

केपी ओलीले स्पष्टीकरण दिनुपर्छ– भीम रावल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले स्पष्टीकरण आफूहरुले होइन, अध्यक्ष केपी ओलीले दिनुपर्ने बताउनुभएको छ । काठमाडौंमा माधव नेपाल समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलामा रावलले पार्टी विधानको निरन्तर उल्लंघन गर्नेहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु नै लाजमर्दो भएको टिप्पणी गर्नुभयो ।

माओवादीबाट आएकाहरुलाई केन्द्रीय समितिमा लगिएकामा आपत्ति जनाउँदै रावलले भन्नुभयो, ‘पार्टी सदस्य नै नभएकाहरुलाई केन्द्रीय सदस्य मनोनयन गर्ने ?’

महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरीत भएको पनि उहाँले जिकीर गर्नुभयो ।

रावलले भन्नुभयो, ‘अब नेपाली जनताले ओलीलाई प्रतिनिधिसभा किन विघटन गरेको रु नागरिकता विधेयक किन संसदमा पेश हुन नदिएको रु जस्ता विषयमा स्पष्टीकरण सोध्ने छन् ।’

सम्बन्धित् समाचार