
एजेन्सी : म्यानमारमा शनिबार भएको सुरक्षाबल र प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपमा कम्तीमा ७० जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
शनिबार प्रदर्शनकारीमााथि त्यहाँको सेना कडा रुपमा प्रस्तुत भएपछि सेना र प्रहरीको गोली लागेर ७० प्रदर्शनकारीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ ।
मारिनेमा १० भन्दा बढी बालबालिका रहेको समाचारमा उल्लेख छ । फेब्रुअरी १ मा गरिएको सैन्य ‘कू’ पछिको विरोधमा त्यहाँ अहिलेसम्म ४ सय भन्दा धेरै प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।
यसअघि सेना प्रमुख आङ्ग लाइङ्गले शनिबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गदै लोकतन्त्रको रक्षा गरेर निर्वाचन गराउने प्रतिबद्धता दोहोर्याउनुभएको छ । यद्यपि निर्वाचनको कहिले गराउने भन्नेबारेमा उनले बोलेनन् ।
त्यसअघि शुक्रबार सरकारी टेलिभिजनले पनि प्रदर्शनकारीहरूले अहिलेसम्म भएको मृत्युबाट सिक्नुपर्ने जनाएको थियो । टेलिभिजनले प्रदर्शनमा सहभागीहरूलाई अगाडि र पछाडि दुवैतर्फबाट गोली लाग्नसक्ने चेतावनी दिएको थियो । त्यहाँको सरकारी टेलिभिजन अहिले सेनाले कब्जामा लिएको छ ।










