गृहपृष्ठ खबर भोलिदेखि घर–घरमा मेलम्चीको पानी

भोलिदेखि घर–घरमा मेलम्चीको पानी

काठमाडौं : सुन्दरीजल आइपुगेको मेलम्चीको पानी आइतबार९भोलि०देखि राजधानीका घर–घरका धारामा पठाउन थालिने भएको छ ।

पानी वितरणको तयारी पूरा गर्न आयोजनाको टोली फिल्डमा काम गरिरहेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानै प्रणालीबाट पानी वितरण गर्न लागिएको हो ।

मेलम्चीको पानी वितरणका लागि नयाँ पाइपलाइन बिछ्याइएको भए पनि परीक्षण नभइसकेका कारण पुरानै प्रणालीबाट परीक्षण वितरण गर्न लागिएको हो । आइतबारबाट सुरु हुने परीक्षण वितरण कति समयका लागि भन्ने आयोजनाले प्रष्ट पारिसकेको छैन ।

मेलम्चीबाट सुन्दरीजल आइपुगेको पानी ट्रिटमेन्ट प्लान्टमा पठाउने कामको शुक्रबार खानेपानी मन्त्री मणिचन्द्र थापाले शुभारम्भ गर्नुभएको थियो । प्रशोधन केन्द्रको निरीक्षणमा पूर्वमन्त्री बिना मगर सुन्दरीजल पुग्नुभएको थियो ।

सम्बन्धित् समाचार