
विराटनगर : नवनियुक्त आर्थिक मामिला मन्त्री टंक आङबुहाङलाई माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको छ।
माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका आङबुहाङ एमाले प्रवेश गरेर आर्थिक मामिला तथा योजना मन्त्री भएका छन्। उनलाई आज ९मंगलबार० दलका प्रमुख सचेतक झलकबहादुर मगरले २४ घण्टाभित्र दल त्याग गरेको होरहोइन दलको विधानविपरीत गतिविधिमा सामेल भएबापत कारबाही किन नगर्ने रु लगायत प्रश्न राखेर प्रष्टीकरण सोधेका छन्।
सोमबार सम्पन्न दलको बैठकले इन्द्रबहादुर आङबोलाई दलको नेता चयन गर्दै आङबुहाङलाई प्रष्टीकरण सोध्ने निर्णय गरेको थियो।








