गृहपृष्ठ अर्थ/वाणिज्य सरकारले त्रिदेशीय कप विजेता खेलाडीलाई ४/४ लाख दिने

सरकारले त्रिदेशीय कप विजेता खेलाडीलाई ४/४ लाख दिने

प्रकाशित मिति:

काठमाण्डौ : सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चाररचार लाख रुपैयाँ दिने भएको छ । शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चाररचार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा गएको सोमवार भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री ओली दशरथ रङ्गशाला पुग्नुभएको थियो । नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गर्नुभएको थियो ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले पनि विजेता खेलाडीलाई जनही एक लाख रुपैया पुरस्कार दिने घोषणा गरिसकेको छ ।

सम्बन्धित् समाचार