गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतको प्रधानन्यायाधीशमा एनवी रमना नियुक्त

भारतको प्रधानन्यायाधीशमा एनवी रमना नियुक्त

प्रकाशित मिति:

एजेन्सी : भारतको प्रधानन्यायाधीश पदमा वरिष्ठ न्यायाधीश नथालापति वेंकट (एनवी) रमनालाई नियुक्त गरिएको छ। केन्द्र सरकारको सिफारिसमा राष्ट्रपति रामनाथ कोविन्दले मंगलवार रमनालाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्।

वर्तमान प्रधानन्यायाधीश शरद अरविन्द (एसए) बोबडेले चैत ११ मा न्यायाधीश रमनाको नाम ४८औ प्रधानन्यायाधीशका लागि कानुन मन्त्रालयमा सिफारिस गरेका थिए। रमना सर्वोच्च अदालतमा दोस्रो वरिष्ठतम न्यायाधीश हुन्। प्रधानन्यायाधीश बोबडेको कार्यकाल २३ अप्रिलमा सकिँदैछ।

नवनियुक्त प्रधानन्यायाधीश रमनाले २४ अप्रिल अर्थात तीन सातापछि राष्ट्रपतिको हातबाट सपथ लिनेछन्। उनको कार्यकाल २६ अगस्ट २०२२ सम्म रहने समाचार संस्था एएनआईले जनाएको छ।

सम्बन्धित् समाचार