गृहपृष्ठ अर्थ/वाणिज्य संसारकै धनाढ्यको सूचीमा अमेजनका जेफ बेजोस पहिलो

संसारकै धनाढ्यको सूचीमा अमेजनका जेफ बेजोस पहिलो

प्रकाशित मिति:

काठमाडौं : संसारकै धनाढ्य सूचीको पहिलो स्थानमा अर्बपति अमेजनका जेफ बेजोस पहिलो स्थानमा उक्लिएका छन्। उनको सम्पत्ति १ खर्ब ८८ अर्ब अमेरिकी डलर पुगेको चर्चित म्यागजिन फोर्ब्सले जनाएको छ। उनको सम्पति एक वर्षअघिको तुलनामा ६४ अर्ब डलरले बढेको छ।

यता टेस्लाका प्रमुख एलन मस्क दोस्रो स्थानमा रहेका छन्। उनको सम्पत्ति १ खर्ब ६९ अर्ब डलर रहेको छ। गतवर्ष उनी ३१औं नम्बरमा थिए। तर, यो वर्ष टेस्लाको सेयर ७०५ प्रतिशतले बढेपछि उनी संसारकै दोस्रो ठूलो धनी बनेका हुन्।

एक वर्षअघि उनको सम्पत्ति १ खर्ब २६ अर्ब डलर थियो। तेस्रो स्थान बर्नार्ड आर्नल्ट रहेका छन्। फ्रेन्च लक्जरी सामान व्यापारी आर्नल्टको सम्पत्ति १ खर्ब ६३ अर्ब डलर छ। यता चौथो स्थानमा माइक्रोसफ्टका मालिक बिल गेट्स छन्। उनको सम्पत्ति १ खर्ब २९ अर्ब डलर छ।

फेसबुकका मार्क जुकरबर्गको सम्पत्ति १ खर्ब ११ अर्ब डलर छ। उनी सूचीमा पाँचौँ स्थानमा रहेका छन्। यस्तै बर्कशाइर हाथावेका वारेन बफेट छैठौँ स्थानमा छन्। उनको सम्पत्ति ९९ अर्ब डलर छ।

९८ अर्ब डलर सम्पत्तिका मालिक ल्यारी एलिसन सातौँ स्थानमा छन्। उनी सफ्टवेयरका मालिक हुन्। गुगल प्रमुख ल्यारी पेज ९६ अर्ब डलरसहित आठौँ स्थानमा रहेका छन् भने गुगलकै सर्जे ब्रिन ९३ अर्ब डलरसहित नवौं स्थानमा छन्।

सम्बन्धित् समाचार