गृहपृष्ठ खबर नेपालमा एकैदिन थप ३३७ मा कोरोना संक्रमण पुष्टि

नेपालमा एकैदिन थप ३३७ मा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३५३२ मा पिसिआर गर्दा ३३७ लाई कोरोना संक्रमण पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ।

पछिल्लो २४ घन्टामा १५१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ८८६ पुगेको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३९ पुगेको छ।

सम्बन्धित् समाचार