गृहपृष्ठ खबर दोस्रो जितसँगै मुम्बई शीर्ष स्थानमा, सनराईजर्सको लगातार तेस्रो हार

दोस्रो जितसँगै मुम्बई शीर्ष स्थानमा, सनराईजर्सको लगातार तेस्रो हार

एजेन्सी(मुम्बई) : साविक विजेता मुम्बई इन्डियन्सले भारतमा जारी ईन्डियन प्रिमियर लिग क्रिकेट ९आईपीएल० मा दोस्रो जित निकालेको छ। शनिबार राति चेन्नईमा भएको खेलमा सनराईजर्स हैदरावादलाई १३ रनले हराउँदै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

मुम्बईले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदरावाद १९।४ ओभरमा अलआउट हुँदै १ सय ३७ रनमा समेटियो।

हैदरावादका लागि जोनी बेयार्स्टोले सर्वाधिक ४३ रन बनाउँदा कप्तान डेभिड वार्नर ३६ रनमा आउट भए। विजय शंकरले २८ र विराट सिंहले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

हैदरावादलाई सस्तैमा समेट्न मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले समान ३-३ विकेट लिए। जसप्रित बुमराह र क्रुनाल पाण्ड्याले समान १-१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो। उसका क्विन्टन डी ककले सर्वाधिक ४० रनको इनिङ्स खेल्दा केइरन पोलार्डले अविजित ३५ रन बनाए।

कप्तान रोहित शर्मा ३२, इशान किशन १२ तथा सूर्य कुमार यादवले १० रन बनाए। हार्दिक र क्रुनालले दोहोरो अंक जोड्न सकेनन्। हैदरावादका लागि विजय शंकर र मुजिब उर रहमानले समान २(२ विकेट लिए। यस्तै खलिल अहमदले १ विकेट लिएका थिए।

यो जितसँगै मुम्बई ३ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यसअघि कलकत्ता नाइट राइडर्सलाई १० रनले हराएको मुम्बई पहिलो खेलमा विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंलोरसँग २ विकेटले पराजित भएको थियो।

यता लगातार तेस्रो हार व्यहोरेको सनराइज हैदारावादले यसअघि रोयल च्यालेन्जर्स बैंलोरसँग ६ रनले पराजित हुँदा आफ्नो पहिलो खेलमा कलकत्तासँग १० रनले पराजित भएको थियो।

अब भोलि प्रतियोगितामा दुई खेल हुनेछन्। पहिलो खेलमा दिउँसो ३स् ४५ बजे रोयल च्यालेन्जर्स बैंलोरले कलकत्ता नाइट राइडर्ससँग खेल्नेछ भने दोस्रो खेल साँझ ७स्४५ बजे दिल्ली क्यापिटल्स र पञ्जाब किङ्स भिड्नेछन्।

सम्बन्धित् समाचार