गृहपृष्ठ Featured बाणगंगामा नगर बुलेटिन, वालमैत्री नगर घोषणा देखि औद्योगिक ग्रमका लागि बोलपत्र आह्वान सम्मका निर्णय

बाणगंगामा नगर बुलेटिन, वालमैत्री नगर घोषणा देखि औद्योगिक ग्रमका लागि बोलपत्र आह्वान सम्मका निर्णय

प्रकाशित मिति:


हरि घिमिरे
कपिलवस्तु, बैशाख ६
कपिलवस्तुको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठकले महत्वपुर्ण निर्णय गरेको छ । बैठकले २०७७ चैत मसान्तसम्मको आम्दानी र खर्चको समिक्षा गरेको छ । जसमा चालु आर्थिक बर्षको १ अर्ब २३ करोड ३० लाख बजेट मध्ये ३७ दशमलव २९ प्रतिशत बजेट खर्च भईसकेको नगरपालिकाले जनाएको छ । आन्तरिक आय ९ करोड लक्ष्य राखेकोमा १२ करोड आय संकलन हुने आधार तयार भएको छ ।

त्यस्तै वडा नं. ९ मा औद्योगिक ग्राम निर्माणका लागि प्रारम्भिक कामका बोलपत्र आह्वान गर्ने निर्णय गरिएको छ । त्यस्तै नगरपालिकालाई २०७८ जेठ मसान्त भित्र वालमैत्री नगर घोषणा गर्र्नेे, बैशाख महिनाबाट नगरपालिकाका महत्वपुर्ण गतिविधिहरु मासिक रुपमा वेवसाईट मार्फत नगर बुलेटिन प्रसारण गर्ने निर्णय गरिएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले बताए ।

त्यस्तै रोकिएको पुरानो घरहरुको अभिलेखिकरणलाई पुनः सुचारु गर्ने र विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट आफु पनि बच्ने र अरुलाई पनि बचाउनका लागि सम्पुर्ण स्वास्थ्य मापदण्ड अपनाउनका लागि नगरवासीमा आग्रह गरिएको छ ।

नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षता रहेको बैठकमा उप प्रमुख चक्रपाणि अर्याल, प्रमुह प्रशासकिय अधिकृत बासुदेव खनाल, ११ वटै वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरका शाखा प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार