गृहपृष्ठ खबर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि एमालेका तीन सांसदले दिए राजीनामा

पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि एमालेका तीन सांसदले दिए राजीनामा

प्रकाशित मिति:

बुटवल : लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ ९क० बाट निर्वाचित दृगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले आफ्नो पदबाट राजीनामा बुझाएका हुन् ।

यसअघि मुख्यमन्त्रीले एकल बहुमतको सरकार बनाउने भन्दै मुख्यमन्त्रीपदबाट आजीनामा दिएका थिए । उनको राजीनामापछि सांसद विमला वली ९खत्री०ले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि पोखरेलले भनेजस्तो उनको पक्षमा बहुमत पुगेको थिएन ।

यसका बाबजुद् प्रदेश प्रमुख धर्मनाथप्रसाद साहले संविधानको धारा १६८ (१) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका थिए । तीन जना सांसदले पदबाट राजीनामा दिएपछि पोखरेलको नयाँ नियुक्ति विवादमा फसेको छ ।

सम्बन्धित् समाचार