गृहपृष्ठ खबर बंगलादेशमा डुंगा दुर्घटना हुँदा कम्तिमा २५ यात्रुको मृत्यु

बंगलादेशमा डुंगा दुर्घटना हुँदा कम्तिमा २५ यात्रुको मृत्यु

प्रकाशित मिति:

एजेन्सी(ढाका) : बंगलादेशमा दुई डुंगा ठोक्किँदा कम्तिमा २५ जना यात्रुको मृत्यु भएको छ । सोमबार शिबचर सहर नजिकै पदमा नदीमा डुंगा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनास्थलबाट ५ यात्रुलाई सकुशल उद्वार गरिएको छ । ३० जना यात्रु बोकेको डुंगा र अर्को सामान ढुवानी गर्ने डुंगा आपसमा ठोक्किएका थिए ।

दुर्घटनास्थलमा अरु केही मानिस हराएको हुनसक्ने बताइएको छ । बंगलादेशमा समुद्री दुर्घटना हरेक वर्ष हुने गरेका छन् । यस्ता दुर्घटनामा विज्ञहरुले यात्रुको भीड, डुंगाको खराब संरचना तथा सुरक्षा सावधानीलाई मुख्य कारण मान्ने गरेका छन् ।

अप्रिलको पहिलो साता नै ५० यात्रु बोकेको डुंगा दुर्घटना हुँदा ३० जना भन्दा धेरैको मृत्यु भएको थियो । गत वर्ष जुनमा पनि यस्तै दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो । २०१५ फेब्रुअरीमा पनि डुंगा दुर्घटनाको क्रममा कम्तिमा ७८ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित् समाचार