गृहपृष्ठ खबर प्रधानमन्त्री ओलीले दिउँसो साढे ३ बजे देशवासीका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले दिउँसो साढे ३ बजे देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओ‌लीले सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिउँसो साढे ३ बजे समसामयिक विषय र कोभिड-१९ बारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। यसअघि आइतबार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेका थिए।

सम्बन्धित् समाचार