गृहपृष्ठ Featured अक्सिजन बैंकको संयोजक आफू नै रहेको भन्दै भुसालले गरे अभियानमा खट्ने प्रतिबद्धता ।

अक्सिजन बैंकको संयोजक आफू नै रहेको भन्दै भुसालले गरे अभियानमा खट्ने प्रतिबद्धता ।


वैखरी अनलाइन, चारनम्बर
कपिलवस्तु बाणगंगाका सामाजिक युवा अभियान्ता रमेश चन्द्र भुसाल आफ्नो ज्यानको प्रवाह नगरी मानविय सेवामा खटिरहेको र यसमा लागि परीरहने बताएका छन् । कोरोना भाईरसको दोस्रो भेरिएन्टले आम नेपालि नागरीकमा त्रास उब्जाएको त छनै कतिपएको उपचार नपाएर ज्यान समेत गएको छ । सोहि क्रममा कपिलवस्तुका युवाहरुले अक्सीजन बैंक स्थापना गरेका छन् । युवाहरु यस अभियानमा निरन्तर लाग्ने बताएका छन । अक्सीजन बैकंको संयोजाक समेत रहेका भुसालले एक भिडियो सामाजिक संजालमा पोष्ट गरे लगतै बाणगंगामा हलचल मच्चियो सोहि भिडियो र्सावजनिक पछि बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले एक विज्ञप्ती निकाले । बाणगंगा नगरपालिकाले निर्माण गरेको बुङ्चि आईसोलेसन सेन्टरको विषयमा सामाजिक सँंजालमा आफ्नो अभिव्यक्ति दिनुभएको रमेशचन्द्र भुषाले नगरपालिकाको निर्णय प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
बैशाख २९ गते बुधबार नगरपालिकाको कार्यालयबाट भुसालको नाममा निकालीएको ध्यानाकर्षण पत्रले आफ्नो पनि ध्यानाकर्षण भएको उहाँले आज एक विज्ञप्ति मार्फत उल्लेख गर्नुभएको हो ।

भुसालले विज्ञप्तिमा भन्नुभएको छ

मेरा सम्पूर्ण बाणगंगाबासी आमा बुवा, दाजुभाई, दिदीबहिनीहरू, सहयात्री साथीहरू एवं सम्पूर्ण शुभेच्छूक सम्पूर्ण आदरणीयहरू सर्वप्रथम, म प्रति ब्यक्त गर्नुभएको माया प्रेम, स्नेह, सद्भाव र आशीर्वादप्रति कृतज्ञता ब्यक्त गर्दछु ।
मिति २०७८÷०१÷२९ का दिन बाणगंगा नगरपालिकाको कार्यालयबाट मेरो नाममा निकालीएको ध्यानाकर्षण पत्रले मेरो पनी ध्यानाकर्षण भएको छ ।

बाणगंगा नगरपालिका प्रमुख मंगल प्रसाद थारु द्वारा हस्ताक्षरित बिज्ञप्तिमा मैले मेरो सामाजिक संजाल फेसबुक मार्फत बाणगंगा नगरपालिकाद्वारा संचालित आइसोलेसन सेण्टरको बयबस्थापनमा केही कमी भएको छ, त्यसलाई थप व्यवस्थित गर्नु आवश्यक छ भने विषयबस्तु “रहेका २ वटा भिडीयोहरूलाई शब्दहरूलाई अतिरंजित गरी महत्वका साथ टिप्पणी गरीएको महसूस भएको छ । आफ्नो कमी र कमजोरीलाई सुधार गर्नु र गरौ भने भावनालाई कदर गर्नुको साटो, कमजोरीलाई लुकाउने अस्त्रको रूपमा उक्त विज्ञप्तिको प्रयोग गरीएको हो कि भंने आशंका लागेको छ किनकी एकाकार र एकामुख आवाजले साचीनै जनआवाज उठाऊनु गलत हो भने तथ्यलाई प्रमाणित गरेको छ । महामारीबाट सबैलाई बचाऊने प्रयत्नमा सबैप्रतिनिधिहरुको लायकीपनको अपेक्षा राखीनु गलत पक्का पनी होईन होला त्यसैले सो बिषयमा पुन सचेत बनाऊँन चाहान्छु ।

हामी अहिले सबै कोभिडा१९ को दोश्रो भेरियंटको कारण घरभित्र बसुपर्ने, आर्थिक र सामाजिक रूपमा सबैले क्षति त भोगेका छो नै, त्यो बाहेक बान्न पाउने अधिकार वा जिवन रक्षाको अधिकारबाट प्रकृतिले नै अपठारो स्थिति श्रिजित भएपनी, त्यस्को प्रतिकार गर्नु , मानव स्वभाव र सोचले परास्त गर्नु नै पर्ने हाम्रो बर्तमान वास्तविकता हो । युवा, अभियंता, नागरिक समाज, जनप्रतिनिधि, सर्वसाधारणको सद्भाव र सहकार्यले मात्र यो महामारीलाई परास्त गर्न सक्दछौ भने मेरो बुझाई रहेको छ ।

अहिले स्वास्थ्य क्षेत्रमा काम गरीरहेका स्वास्थ्य क्षेत्रका अगुवाहरूको मनोवल, अक्सिजनको क्षेत्रमा काम गर्दैगरेका अभियंता, समाजमा विपद व्यवस्थापन गरीरहेका अगुवाहरूको मनोबल उच्च बनाउने, सम्मान व्यक्त गर्ने, उत्साहहीत पार्ने र आत्मसम्मान प्रकट गर्नु पर्ने विषयमा हामी संबेदनशील छौ र सबै क्षेत्रको एकापसमा सहकार्यको लागी अनुरोध गर्दछु ।

नगरपालिका बाट प्रेषित बिज्ञप्तिमा उल्लेख गरीए बमोजीमको भाषिक र शाब्दिक टिप्पणी देखीएहोलान तर भिडियोहरूको भाव र मर्मलाई हेरी आलोचना, गाली गलोज, मानमर्दन र निम्नस्तरको व्यबहार प्रकट गर्नु हामी जस्ता सामाजिक अभियंताको अभीष्ट कहिलेपनी नरहने र कमजोरीलाई सुधारको लागी आवाज उठाऊने, सुझाव दिने, सहायोग र सहकार्य गर्ने काम कर्तव्यपनी हो भने कर्तव्यबोध मैले गरेको व्यहोरा सम्बंधित पक्षलाई जानकारी गराऊदछु ।

अक्सिजन बैंक हाम्रो आफ्नै संस्था लायंस क्लब अफ बाणगंगाको अवधारणा भएको र अन्य संस्थाहरू पनी साझेदार बनी स्वयमसेबी हातहरूको सहयोगले संचालन गरेकोले ई साझा कुरा मार्फत मलाई हटाईएको भने प्रचार पनी भ्रामक रहेको ब्यहोरा अनुरोध छ ।
अंत्यमा, यस बिपदमा यस क्षेत्रका विभिन्न संघ संस्थाहरू मिलेर अक्सिजन बैंक संचालन गरीरहेका छौ।

अक्सिजन अभावले कसैको ज्यान जोखिममा पर्नु नपरोस भनी स्वयंसेवी भावनाबाट प्रेरीत बनी आफ्नो परिवार र ज्यानको प्रबाह नगरी सत्कर्म र मानवीय सेवामा म लगायत धेरै जना अभियंताहरू जिवनरक्षाको युद्दमा छौ । नगरपालिकाको विज्ञप्तिले छोटो समय
मलाई हतोत्साहि बनाउने प्रयास गर्दछकी भने तपाईहरूको चिंत्ता, र एक्क्यबद्दताले मलाई र मेरो टीमलाई थप आत्मबल प्रकट गरेको छ भने, थप सचेत समेत बनाएको छ ।

तपाईहरूको शूभाषीश प्राप्त यो छोरा, भाई, भतीजो, सम्मान र सहयोग प्राप्त गरेको यो दाई अनी, माया प्रेम र स्नेह प्राप्त गरेको यो साथी सहयात्री सबैको सुस्वास्थ र सुरक्षित जिवनको लागी कामना गर्दै, मास्कको प्रयोग गर्नुहुँन, सेनिटाइजÞरको प्रयोग गर्न, भौतिक दुरी कायम राख्दै, कोभिडलाई हामीभंदा कमजोर छ भने आत्मबलको श्रिजना गर्न अपील गर्दछु भनिएको छ ।

बिपदका बेला यस क्षेत्रका विभिन्न संघ संस्थाहरू मिलेर अक्सिजन बैंक संचालन गरीरहेको जनाउँदै उहाँले अक्सिजन अभावले कसैको ज्यान जोखिममा पर्नु नपरोस भनी स्वयंसेवी भावनाबाट प्रेरीत बनी आफ्नो परिवार र ज्यानको प्रबाह नगरी सत्कर्म र मानवीय सेवामा आफु लगायत धेरै जना अभियंताहरू जिवनरक्षाको युद्दमा रहेको पनि जानकारी दिनुभएको छ । नगरपालिकाको विज्ञप्तिले आफु र आफ्नो टीमलाई थप आत्मबल प्रकट गरेको र थप सेचत बनाएको पनि भुषालले उल्लेख गर्नुभयो ।

सम्बन्धित् समाचार