गृहपृष्ठ Featured सबै नागरिकलाई खोपको सुनिश्चितता गर्न कांग्रेसको माग

सबै नागरिकलाई खोपको सुनिश्चितता गर्न कांग्रेसको माग

प्रकाशित मिति:

नेपाली कांग्रेसले सबै नागरिकलाई खोपको सुनिश्चितता गर्न र अक्सिजनको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार कांग्रेस प्रमुख सचेतक बालकृष्‍ण खाँडले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीमार्फत जनताको जीवन रक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको हो ।

कांग्रेसले अक्सिजनको अभावमा संक्रमितहरूले अकालमा ज्यान गुमाउनु परिरहेको भन्दै सिलिण्डर आयात तथा उत्पादक कम्पनीहरूलाई आवश्यक सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ ।

प्रमुख सचेतक खाँडले स्वास्थ्य सामग्री तथा उपकरणको अभाव हुन नदिन आवश्यक कदम चाल्न पनि सरकारलाई आग्रह गरेका छन् ।

सम्बन्धित् समाचार