वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले कोरोना संक्रमितको उपचार र उद्धारका लागी थप रणनिति तयार पारेको छ । संक्रमितलाई तत्काल उपचार गर्न र त्यसमा अक्सीजन अभाव हुन नदिन बाणगंगा नगरपालिकाले थप रणनिति तयार पारेको हो ।
जसका लागी नगरभित्र अक्सीजन अभाव हुन नदीन वडा नः ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री संयोजक्तवमा एउटा समिति बनाएर काम अगाडी बढाएको छ । समितिले नगरभित्रका बिभिन्न क्षेत्रबाट खाली अक्सीजन सिलण्डिर जम्मा गरेर तत्काल भर्दै संक्रमितको उपचारमा लगाएको छ ।
साथै बाणगंगा नगरपालिकाले संक्रमितलाई निशुल्क एम्बुलेन्स सेवा समेत दिदै आएको छ भने आइसोलेशन तथा अस्पतालसम्म पु¥याउन निरन्तर लागेको छ । नगरपालिकाले संक्रमणको शकां लागेमा तत्काल एन्टीजिन मार्फत कोरोना परिक्षण समेत गर्न थालेको बाणगंगा नगरपालिकाका उप प्रमुख चक्र अर्यालले बताए ।
संक्रमितको उपचारमा कमी हुन नदिन नगरपालिकाले सिद्धार्थ क्याम्पसमा रहेको आइसोलेसनमा दक्ष जनशक्ती समेत खटाएर काम गर्दै आएको बाणगंगा नगरपालिकाका प्रमुख मगंल प्रसााद थारुले बताए । साथै घरबाट संक्रमितको तत्काल उपचार गर्न गराउन नगरपालिका आफै सक्रिय भएर लागेको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताए ।
संक्रमितको प्रतिको जवाफदेहीता र जिम्मेवारीलाई बाणगंगा नगरपालिकाले निकै महत्वपुर्ण तरिकाले निभाएको बताउदै यो महामारीको समयमा सबैले आआफनो ठाउबाट सक्दो सहयोग गर्न कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए ।